अब निजी लगानीमा पनि खानी उत्खनन गरिने


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २ २०७५
12.2K
SHARES

२ माघ रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जिल्लामा सुन, तामा, र सिङ्गमर्मर खानी रहेकाले निजी क्षेत्रको लगानीमा उत्खननको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । माघी मेला तथा खेलकूद महोत्सवमा उनले जिल्लाका सबै वडामा विद्युत् विस्तार गर्ने गरी चालू आर्थिक वर्षमा रु २९ करोडको बोलपत्र भइसकेको र थप रु ३२ करोडकोसमेत बोलपत्र गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी गराए ।

जिल्लामा यातायात, सञ्चारजस्ता क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै विद्युत्लाईसमेत सँगसँगै जोड्न जरुरी रहेको मन्त्री पुनको भनाइ थियो । सो कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको सहभागिता थियो ।-रासस