नेपालमा भूराजनीतिक चलखेल झन् बढ्यो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०८३
323
SHARES

७ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल झन् बढेको दाबी गरेका छन्।दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिस्थिति असहज बन्दै गइरहेको बताए। देशको राजनीतिक परिस्थिति, आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थिति सहज नभएको उनको भनाइ छ।

उनले भने, ‘नेपाली जनतालाई पनि असहज महसुस भइराखेको परिस्थिति एकातिर छ भने अर्कोतिर अहिले विश्व पनि सहज ढङ्गले अगाडि बढिराखेका छैनन्। विभिन्न प्रकारका युद्धहरू, चाहे त्यो रुस–युक्रेनको कुरा होस्, चाहे त्यो इजरायल-प्यालेस्टाइनको कुरा होस्। चाहे इजरायल, अमेरिका र इरानको बीचको युद्धको कुरा होस् या अहिले भर्खरै युरोपमा चलिराखेका विद्रोह या आन्दोलनका कुराहरू हुन्, सबैतिर परिस्थिति असहज देखिन्छ।’भूराजनीतिमा आएको परिवर्तनको असरबाट नेपाल अछुतो हुन नसकेको बताए।