महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
1.6K
SHARES

२५ असोज काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् । पछिल्लो गणनाअनुसार पौडेलले ९०९ मत पाएका छन् ।महामन्त्रीको दोस्रो स्थानका लागि अमरसिंह पुन र उदयशमशेर राणाबीच प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणामअनुसार पुनले ५४६ मत पाउँदा राणाले ५३९ मत प्राप्त गरेका छन् ।

उनीहरूबीचको मतान्तर सात मतमा झरेको छ त्यस्तै, महामन्त्रीका अर्का उम्मेदवार सुनील शर्माले ४१० मत पाएका छन् । पछिल्लो अपडेटमा कुल १ हजार ५८० मत गणना भएको उल्लेख छ ।