नवरात्रको पहिलो दिन आज घटस्थापना


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
437
SHARES

२५ असोज काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेका छन ।

घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिन्छ ।शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन्

गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ ।