बुढीगण्डकीको वितण्डा : बजार बगायो


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
152
SHARES

२५ असोज काठमाडौँ । गोरखार्मा एकाएक बुढीगण्डकीमा ठूलो बाढी आउँदा सल्लेरी बजार बगाएको छ ।बूढीगण्डकीको स्यारखोलाबाट बाढी आएर नदी थुनिने र खुल्ने हुँदा बस्ती जोखिममा परेको हो ।

आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आउन सुरु गरेको हो ।

नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला,सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन गरेर सुरक्षित स्थानमा सर्न भनिएको छ ।चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।