म नेकपामै छु – नेता खनाल


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १९ २०८३
570
SHARES

१९ असोज काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपामै रहेको बताएका छन्।उनले आफूले नेकपा परित्याग नगरेको पनि बताए।

‘मैले पार्टी छाडेको छैन, अहिले पनि म नेकपामै छु, मैले नेकपामै रहेर समाजवादी जागरण अभियान थालनी गरेको हो,’ उनले भने, ‘अरू धेरै साथीभाइहरू विभिन्न पार्टीमा छन् र पार्टीमा रहँदारहँदै यो अभियानमा संलग्न भएका छन्। त्यसो हुनाले पार्टी छाडेको छैन।’

पूर्वप्रधानमन्त्री खनाल आज समाजवादी जागरण अभियान भेलामा सहभागी भएका थिए।उनले आफूले पार्टी नछाड्ने पनि बताए।