गोरखाको नाम्रुङमा पहिरोले खोला थुनिएर ३ घर बगायो


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३
2.2K
SHARES

२१ भदौ काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङमा पहिरोका कारण खोला थुनिएर आएको लेदोसहितको भीषण बाढीले भौतिक क्षति पुर्‍याएको छ। प्रहरी चौकी नाम्रुङका अनुसार नाम्रुङ क्षेत्रमा माथिबाट खसेको पहिरोले स्थानीय खोला थुनिएको थियो। थुनिएको खोला अचानक प्रत्युत्पादक बन्दै खुला भएपछि आएको लेदोसहितको ठूलो बाढीले एक स्थानीय पुल र तीनवटा घर बगाएको छ। बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण र मानवीय क्षतिको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खोला थुनिएर लेदोसहितको बाढी आएकाले सो क्षेत्र भई बग्ने बुढीगण्डकी नदीमा पानीको बहाव उच्च हुने र बाढीको जोखिम बढ्ने सम्भावना देखिएको छ। जोखिमलाई मध्यनजर गर्दै प्रशासन तथा स्थानीय प्रहरीले बुढीगण्डकी नदीको छेउछाउ तथा किनारमा बसोबास गर्ने बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।चुमनुब्री , धार्चे र आरुघाट गाउँपालिकाका नदी किनारमा रहेका बस्तीहरूमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई सजग, सचेत र सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।