गाएक रामभक्तको “तिमि एक” रिलिजको तयारीमा
२ माघ काठमाडौँ ।गाएक रामभक्त जोजेजु ले गाएको “तिमि एक” बोलको गित रिलिजको तयारीमा पुगेको छ । युवा पुस्ताको मन भित्र अङकुराएको माया व्यक्त गर्न नसक्दाको पिडा र छट्पटिको कथा गितमा देखाईएको निर्देशक प्रभाबनले बताए । प्रज्ञा साउण्ड एचडि स्टुडियोमा रेर्कड गरिएको गितमा संगीत किरण कडेल, शब्द डा.विश्वनाथ प्रेम, कला निर्देशन रोशन झा, व्यबस्थापन डिएन दाहाल को रहेको छ ।
डि.ए.आर. मुभिजले निर्माण गरेको उक्त म्युजिक भिडियोको अभिनयमा नव जोडि उत्कर्श कडेल र लक्ष्मि कार्कि लाई प्रस्तुत गरिएको छ भने साथमा नारायण दङगालको अभिनय रहेको छ । बिबेक सुनारले सम्पादन गरेको भिडियो अर्कौ हप्ता आम दर्शकमाझ ल्याउने डि.ए.आर मुभिजका व्यवस्थापन डि.एन. दाहालले बताए ।