सम्झनामा पर्यटन हस्ती शेर्पा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५
8.4K
SHARES

१६फाल्गुन काठमाडौं। नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा आज भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती थिए । उनले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए ।

यति एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहेको सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिए । शेर्पाले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक पनि भई सेवा गरेका थिए । उनको लगानी डाइनेष्टी एयरलायन्सका साथै केही होटेलमा पनि छ । ५८ वर्षअघि सोलुखुम्बुको जुगिङमा पाङगुममा जन्मिएका शेर्पाका श्रीमती र दुई छोरा छन्