भारत र पाकिस्तानबीच तनावलाई बार्ता बाट हाल गर्न नेपालको सुजाव
१६फाल्गुन काठमाडौं। पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । सार्कको अध्यक्षका रुपमा नेपालले दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्त्वमा जोड दिँदै दुवै पक्षलाई सक्दो संयमता अपनाउन र यस क्षेत्रको शान्ति र सुरक्षालाई खलबलाउने दिने कुनै पनि कृयाकलाप संलग्न नहुन आग्रह गरेको छ ।
हिजो परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई तनाव कम गर्न र स्थितिलाई सामान्य बनाउन वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।विज्ञप्तिमा दुई देशबीच बढ्दो तनावले नेपाल सरकार चिन्तित बनेको बताइएको छ ।त्यस्तै, पुलवामा हमलापछि नेपालले तत्कालै आतंकवादी हमलाको भत्सर्ना गरेको स्मरण गराइएको छ ।