सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको निर्णय


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
10.9K
SHARES

२३फाल्गुन काठमाडौं।राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारले आफूहरूसँग भएका सहमति एक वर्षसम्म कार्यान्वयन नगरेपछि आफूहरूले बाध्य भएर सहमति फिर्ता लिएको जानकारी दिए।

‘हामीले उठाएका माग सम्बोधन भएनन्। त्यसैले सहमति फिर्ता लिएका हौ,’ उनले भने।आजै मात्र कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई टिकापुर घटनामा दोषि ठहर गर्दै आजिवन काराबासको फैसला गरेको थियो।तर, राजपा नेता रायले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र रेशम चौधरीलाई दोषि ठहर गर्नुमा कुनै तालमेल नभएको बताए।

‘रेशम चौधरीबारे अदालतको निर्णय आएको हो। कानुनको राजमा लोकतान्त्रिक पार्टीले अदालतको निर्णयलाई मान्यता दिन्छ,’ उनले भने,‘समर्थन फिर्ता लिनु छुट्टै विषय हो। यो सँग कुनै सरोकार छैन।’

बुधबार सांसद रेशम चौधरीमाथि आजीवन काराबासको फैसला आएसँगै राजपाले आकस्मिक बैठक बसेको थियो। यसका साथै राजपा बैठकले राजापका सांसद चौधरीलाई जिल्ला अदालतबाट भएको आजिवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाल स्तब्ध र मर्माहत भएको जनाएको छ।