राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २७ २०७५
4K
SHARES

२७फाल्गुन काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औं अधिवेशनमा भाग लिन आइतबार अमेरिका प्रस्थान गरेकी छन् ।उनी आइतबार साँझ संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गर्नुभयो।

अमेरिकामा रहदा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोगको ६३ औं अधिवेशनमा हुने ओमन इन पावर विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन् कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।