पूर्वराजा ज्ञानेन्द्र शहा मधेश भ्रमणमा
१चैत काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले सर्लाही सदरमुकाम मलङ्गवामा रहेको दुर्गा भगवती मन्दिरमा बिहीबार पूजाअर्चना गरका छन। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका बाबजुत कडा सुरक्षाबीच सदरमुकाम मलङ्गवा पुगेका पूर्वा राजा शाहले मलङ्गवा नगरपालिका–८, स्थित दुर्गा भगवती मन्दिरमा झण्डै १५ मिनेट पूजाअर्चना गरेका हुन ।उनले मन्दिरभित्र पूजाअर्चना गरिरहँदा मन्दिर बाहिर उनका शुभेच्छुक, शुभचिन्तक तथा समर्थकले जय–जयकार गरेका थिए । उनीहरुले राजा आउ जेश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय नजिकको सो मन्दिरमा पूजाअर्चनापछि केहीबेर पैदल हिँडेर जिविस चौकस्थित एक पार्टी प्यालेसमा आएर आफ्ना समर्थकसँग छोटो भेटघाट समेत गरेका थिय ।पूर्वराजा शाहलाई स्वागत तथा भेटगर्न जिल्लाका विभिन्न स्थानबाट ठूलो संख्यामा शुभेच्छुकहरु सदरमुकाम मलङ्गवामा भेला भएका थिए । सर्लाहीको कार्यक्रम सकेर बिहीबार साँझ पूर्वराजा शाह पुनः प्रदेश दुईको राजधानी जनकपुरफर्केका छन ।