विद्यार्थीहरुको उत्कृष्ट शैक्षिक गन्तव्य प्रेसीयस बनाउने विषयमा प्रतिबद्ध छु- प्रिन्सीपल पराजुली
२९जेष्ठ काठमाडौँ।काठमाडौँको म्हेपी स्थित प्रेसीयस नेशनल कलेजले “सफलता, शैक्षिक भविष्य र प्रेसीयसको प्रतिवद्धता” शीर्षकमा वृहत कार्यक्रम सम्पन्न गरेको छ ।आज आफ्नो क्षेत्रमा विशिष्ट संस्थाको पहिचान बनाउन सफल प्रेसीयसले खासगरी एसइई परिक्षा दिएर नतिजाको पर्खाइमा रहेका करिव ३२५ जना विद्यार्थीहरुको विचमा नेपालका चर्चित मोटीभेस्नल स्पिकर प्रस्तोता रविन कटवालको वेजोड प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न गरेको हो।
विभिन्न अपेक्षाहरु राखेर प्रेसीयस कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागी शिक्षा र जिवनलाई सँगै जोड्ने प्याकेज प्रेसीयससँग भएको संस्थाका प्रिन्सीपल गोपीराज पराजुलीले बताउनु भयो । “जुन विश्वास सहित विद्यार्थी प्रेसीयसमा प्रवेश गर्दछन, त्यसलाई केही पनि तलमाथि नपार्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” पराजुलीले बताउनुभयो । निश्चित संख्यामा विद्यार्थीहरु भर्ना गर्ने यस कलेजमा व्यवस्थापन र मानविकि विषय समुह अन्तर्गत विभिन्न विषयहरुमा अध्यापन गराइन्छ । “प्रेसीयसमा विगतमा अध्ययन गरेका विद्यार्थीहरुले प्राप्त गरेको सफलता एवं प्रेसीयसप्रति देखिएको आर्कषण नै यसको उत्कृष्टताको प्रमाण हो ।” कलेजका संयोजक मोहन कुवरले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश न:३ का प्रदेश सभा सदस्य माननिय बसन्त मानन्धरले प्रेसीयसले आफ्नो क्षेत्रमा पृथक र बलियो उपस्थिति जनाएको बताउनु भयो । “प्रेसीयसले राष्ट्रको लागी शैक्षिक मात्र नभएर आफ्नो सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको विषय यहि क्षेत्रको जनप्रतिनिधि हुुनको नाताले मलाई खुसीको विषय हो ।” मानन्धरले भन्नु भयो ।
कार्यक्रमका प्रमुख आक्रर्सक बक्ता रविन कटुवालले जिवन उपयोगी विचारहरु र कलेजको प्रतिबद्धता सून्न पाउँदा आफूहरुलाई खुसी लागेको बताउनु भयो, कार्यक्रमका सहभागीहरु । कार्यक्रमको समापन सँगसँगै कतिपय विद्यार्थीहरु आफ्नो आगामी शैक्षीक गन्तव्य प्रेसीयसलाई बनाउने निर्णय सुनाउँदै थिए । “ आज एउटा महत्वपुर्ण कार्यक्रममा सहभागी भइयो । यो कलेजको बारेमा धेरै सुनेको थिएँ आज धेरै कुराहरु वुझ्न पाएँ अब उच्च शिक्षा यहि कलेजबाट अगाडी बढनेछु ।” कार्यक्रममा सहभागी मध्ये एक विद्यार्थी निश्चल भट्टराइले हामी संगको कुराकानीमा बताउनु भयो । यस विषयमा हामी बिचको कुराकानी लाई नियाली रहेका प्रिन्सीपल पराजुलीले भन्नु भयो “भाइ बहिनिहरु लाई एकपटक कलेज भिजटको लागी अनुरोध गर्दछु । तर विद्यार्थीहरुको छनौट उत्कृष्ट गन्तव्य प्रेसीयस कलेज बनाउने विषयमा म प्रतिबद्ध छु ।”