सहसंयोजक तामाङले दिए एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई
१३ असार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले एसईई परीक्षामा उतिर्ण भएका विद्यार्थीहरुलाई बधाई दिएका छन्। हिजो नतिजा प्रकासित भए लगत्तै समाजिक सञ्जाल फेसबुकमा तामाङले लेखेका छन्, – ‘यस बर्षको एसईई परीक्षामा सहभागी ४ लाख ७५ हजार विद्यार्थीहरुलाई हार्दिक बधाई। राम्रो श्रेणी ल्याएर उतिर्ण गर्नेलाई नमात्तिकन उच्च शिक्षा अध्ययन गर्न र सामान्य श्रेणि ल्याएर उतिर्ण गर्नेहरुलाई नआत्तीकन थप मेहनत गर्न पनि सुझाव दिन चाहन्छु।’
सरकारले एसईई सकेका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न प्रोहोत्सान एबम हौसला बढाउने कार्यक्रम ल्याउन जरुरी ठान्दछु।सरकारको सोच यस्तो होसकी,’ एसईई पछि कोहि विद्यार्थी उच्च शिक्षाबाट बञ्चित नहोस , कोहि बिद्यार्थी उच्चशिक्षा अध्ययन गर्न छाडेर मजदुरी गर्न कारखाना वा पासपोर्ट बोकेर दलाल मार्फत खाडी मुलुक जान मेनपावर नधाओस, ऊ उच्चशिक्षा अध्ययन गर्न, उज्वल भबिष्य बनाउन,योग्य र कर्मठ नागरिक बन्न राम्रो शिक्षालय पुग्न सकोस ! तब सम्भव हुन्छ, ‘समृध्द नेपाल,सुखी नेपाली।’
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरे लगत्तै तामाङले पास हुने विद्यार्थीहरुलाई बधाई दिएका हुन्। यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए।