सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एकको मृत्यु
१५ असार काठमाडौं। सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा गोली चल्दा एकको मृत्यु भएको छ । झडपमा परि दर्जनभन्दा बढि प्रदर्शनकारी र प्रहरी घाईते भएको बताइएको छ ।
१२ वर्षिया बालकको शनिबार बाँके खोलामा डुबेर मृत्यु भएको घटनालाई लिएर स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर स्थानीय २७ वर्षीया केवल महतोको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानिय १२ वर्षीय बालक अमित रायको मृत्युको घटनालाई लिएर राजमार्ग बन्द गर्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
अश्रुग्यास हान्ने र हवाई फायर गर्ने उपाय अनाउँदा भीड शान्त नभएपछि गोली चलाइएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।