राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली सैनिकको भत्ता बढ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १ २०७६
6.8K
SHARES

१ असोज काठमाडौँ।नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ।

तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको ९ डलरसम्म बढेको छ । शान्ति मिसनमा सहभागी फैजका सबै दर्जाको मासिक भत्ता समान २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने गरी भत्ता वृद्धि भएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।