कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २ २०७६
4.3K
SHARES

२ कार्तिक काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् ।

‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने,‘ त्यतिबेला के हेरेर बसेको ?’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।