आज जोर नम्बरका सवारीमात्र चल्न पाउने


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६
8.9K
SHARES

२४ मंसिर काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मङ्गलबार) समापन हुँदैछ । यसलाई मध्यनजर गरेर ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न आज उपत्यकामा चल्ने सवारीमा जोरविजोर विजोर प्रणाली लागू गरेको छ ।

यसअनुसार मङ्गलबार काठमाडौँ उपत्यकाभित्र जोर नम्बरका सवारी मात्र चल्न पाउनेछन् । यो नियम काठमाडौँको उपत्याको रिङ्गरोडभित्र लागू हुनेछ । यद्यपि, अत्यावश्यक सेवाकार सावरी साधानमा भने यो नियम लागू हुनेछैन । त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै महाशाखाले सागको समापन समारोह र फुटबलको फाइनल खेल हेर्न पाल्ने टिकट काटेका सम्पूर्ण दर्शकहरुलाई दशरथ रंगशालाको मूल गेट प्रयोग नगरी नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्न आग्रह गरेको छ । त्यस्तै, आफ्नो सवारीलाई काठमाडौँ अगाडिको टुँडिखेलमा पार्किङ्ग गर्न पनि अनुरोध गरेको छ ।