अनेरास्ववियूको वैठक सकियो – स्ववियु निर्वाचन सफल पर्ने


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २९ २०७६
9.6K
SHARES

२९ पुष काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सम्पूर्ण रुपले होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने वैठक सोमबार सम्पन्न भएको छ। आइतबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको बैठक सोमवार त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा समापन भएको हो। पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठक काठमाडौंमा बसेको हो । केन्द्रीय कमिटीमा पूर्व अनेरास्ववियुवाट १८० जना र पूर्व क्रान्तिकारीबाट १५५ जना समावेश भएका छन्। बैठकले एक महिनाभित्र प्रदेश, जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय गरेको छ।

आजको वैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ। संयोजक महरद्वारा प्रस्तुत प्रतिवेदनमा आगामी फागुन १४ गतेको स्ववियु निर्वाचनमा संगठन सम्पुर्ण रुपले होमिने उल्लेख छ। नयाँ विधानअनुसार अब अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय, सचिवालय १११ सदस्यीय , स्थायी समिति ४५ सदस्यीय र ९ देखि १५ जना सम्मको केन्द्रीय कार्यालय (हाइकमाण्ड) रहने अनेरास्ववियूले जनायको छ ।