आहा रारा गोल्डकपको उपाधि मनाङलाई


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६
3.2K
SHARES

२ चैत्र काठमाडौँ । १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ४—३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि आफ्नो पोल्टामा पारेको हो ।खेलको ९० मिनेटमा दुबै टोलिले गोल गर्न सकेका थिएनन् । खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो । थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा पुलिसका तेज तामाङ र अजित भण्डारीको प्रहार बिफल हुँदा पुलिस आठौँ पटक उपाधि जित्नबाट बञ्चित भएको हो । उपाधिसँगै मनाङले १० लाख १ हजार रुपैयाँ प्राप्त हात पारेको छ । उपबिजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाउँनु प¥यो । फुटबल खेलौं र खेलाऔं भन्नेहरुको संस्था सहारा क्लबले गरिब र असहाय बालकहरुलाई आवासिय सुविधा सहितको एकेडेमी पनि सञ्चालन गर्दै आएको छ ।