आजबाट हुने भनिएको एसईई परीक्षा स्थगित


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ६ २०७६
6.2K
SHARES

६ चैत्र काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेको सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।

कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पुगिसकेका थिए । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले स्थगितको निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।