सरकारको प्रयासमा पूर्ण साथ दिन उपराष्ट्रपतिको अपिल


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
5.5K
SHARES

११ चैत्र काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा उक्त पारिश्रमिक प्रदान गर्ने हुनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपतिले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन् ।