एक साता लकडाउन थप्ने तयारी – आज मन्त्रिपरिषद् बैठक बस्दै
२४ चैत काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोक्न दुई सातादेखि जारी लकडाउन सरकारले एक साता थप्ने निर्णय गरको छ । उच्चस्तरीय समितिले लकडाउन थप्ने निर्णय लिएको हो।समितिको निर्णयलाई सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ । दोस्रो पटक थपिएको लकडाउन २५ गते रातिदेखि सकिदैछ ।
आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।मन्त्रिपरिषद् बैठक अगाडि कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि बनेको सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) बैठक बस्नेछ ।सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको थियो ।
Share this: