यूवा व्यवसायीहरूद्धारा विद्यार्थीहरूलाई राहत वितरण


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६
9.3K
SHARES

२९ चैत काठमाडौं । कोरोना भाईरसको महामारीको कारण यतिबेला विश्वमा मानव जातिमाथि नै संकट पैदा भएको छ । यसको एकमात्र विकल्प भनेको मूलुक लकडाउन भएकाले गर्दा नेपाल पनि यतिबेला लकडाउनको अवस्थामा रहेको छ ।

लामो समयदेखि लकडाउन भएकाले यसको असरहरू देखा पर्न थालेका छन् । यसै क्रममा यसको प्रत्यक्ष असर विद्यार्थी वर्गमा परेको छ । यसलाई मध्य नजर गर्दै अछाम जिल्ला घर भई काठमाडौं आई अध्ययन गर्ने विद्यार्थीहरूलाई यूवा व्यवसायीले राहत वितरण गरेका छन् । मालिका बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक जनक ब. धामी , जि. मि ग्रुप प्रा.लि. का प्रशासकीय प्रमुख जगत ब. धामी (जेम्स) , यूवा व्यवसायी तारामान धामी र सामाजिक अभियानकर्ता कर्ण विश्वकर्माको पहलमा राहत वितरण भएको छ ।

किर्तिपूर , टिकाथली, बालाजु र चावाहिलमा बसोबास गरी अध्ययनरत विद्यार्थीहरूलाई उनीहरू बसोबास गर्ने ठॉंउमा नै गई चामाल, दाल, तेल,नुन र तरकारी वितरण गरिएको यूवा व्यवसायी तथा अभियान कर्ता जेम्स धामीले बताएका छन् । १०० भन्दा बढी विद्यार्थीहरूलाई एक महिनासम्म पुग्ने राहत वितरण गरिएको उनले बताए ।

सेवा नै धर्म हो भन्ने मूल मन्त्र हामीहरूले लिएकाले भूकम्प र नाकाबन्दीमा पनि यस्ता कार्यहरू गर्दै आएको र अहिले पनि मूलुक समस्यामा परेकाले यसको असर विद्यार्थीहरूमा परेकाले यस्तो सामाजिक कार्य अहिले पनि गरेको उनले बताए ।