चीन र भारत बीच सीमा विवादः ‘स्थिती सन् १९६२ भन्दा पनि खराब हुनेछ आकलन
१७ भदौ काठमाडौं । चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ को यो सम्पादकीयलाई दिल्लीबाट छापिने अंग्रेजी पत्रिका ‘टाइम्स अफ इन्डिया’ ले प्रकाशित गर्दै लेखेको छ ‘यदि भारत सैन्य मुठभेड चाहन्छ भने चीनको पिपल्स लिबरेशन आर्मीले भारतीय फौजलाई सन् १९६२ को भन्दा बढी क्षती पुर्याउनेछ ।’
‘ग्लोबल टाइम्स’ को यो चेतावनी भारत र चीनबीच चलिरहेको सीमा विवादको विषयमा भएको हालैको घटनाक्रम बीच आएको हो ।‘टाइम्स अफ इन्डिया’ का अनुसार ग्लोबल टाइम्सले गत हप्ता एक सर्वेक्षणको हवाला दिँदै ९० प्रतिशत चिनियाँ मानिसहरु भारतविरुद्ध बदलाको कारवाही चाहने दाबी गरेको थियो ।ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीन भारतभन्दा थुप्रै गुणा शक्तिशाली छ र भारत चीनसँगको मुठभेडमा कतै पनि टिक्न सक्दैन । भारतले अमेरिकाजस्तो ताकतसँग साँठगाँठ गरेर चीनसँग लड्न सक्छ भन्ने भारतको सोचलाई चीनले अब तोड्नु पर्ने बेला आएको छ ।’