नितिगत भ्रष्टाचारकाे एउटा अर्काे श्रृङखला
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज १६ २०७७
13.4K
SHARES
१६ असाेज काठमाडौं । डा. युवराज खतिवडालाई अमेरिकी राजदूत तथा निवर्तमान मुख्य सचिव लाेक दर्शन रेग्मीलाई युकेकाे राजदूत नियुक्ति गर्ने सरकारकाे निर्णय प्रति सामाजिक सञ्जालमा कटाक्ष भईरहेका वेला एक जना सामाजिक सञ्जाल कर्ताले भने नेपालमा चल्दै आएकाे नितिगत भ्रष्टाचारकाे अर्काे एउटा श्रृङखला मात्र मानेका छन् ।
जीवनमा पटक पटक सरकारी अनुदान खाएर पनि देश र जनताकाे आर्थिक उत्पादनकाे लागि केही गर्न नसकेकाहरु मध्ये केही व्यक्तिलाई सातआठ पटक सम्म नियुक्ति दिलाउनु अन्तर्राष्ट्रिय क्षेत्रकाे अनुचित प्रभाव बताएका छन् । लाेकतन्त्र तथा वी पी बिचारका अध्यता तथा नेपाली काँग्रेसका केन्द्रीय विभाग सदस्य युवराज वस्ताकाेटीले आफ्नाे ट्विटर ह्याण्डल तथा फेकवुकमा लेखेका छन् , ” आज एक जना डाक्टर साबले फेरि नियुक्ति पाएछन् ।
अघिल्ला नियुक्तिहरुमा उल्लेखनीय कार्य गरेर देश र जनताका हितमा खासै केही उत्पादनमुखी नयाँ कार्यक्रम दिन नसके पनि एक पछि अर्काे नियुक्तिको निरन्तरता पाउने नेकपाका डा खतिवडा मात्र हाेईनन् । यस्ताे क्रम नेपाली काँग्रेसका वा तत्कालीन राप्रपाका मानिसहरु पनि थिए । यस्ता मानिसहरु अपवाद बाहेक विश्व बैंक ( World Bank) , आएमएफ ( IMF ), ईयु ( European Union ) , अमेरिकी ( US ) , चिन ( China ) वा भारतीय पक्ष ( Indian Side ) जस्ता दातृ निकाय तथा देशका निकट रहेका मानिएकाहरु हुन्छन् ।
राष्ट्रिय याेजना आयाेग , विभिन्न संस्थान तथा बाेर्ड , आयाेग , परिषद , समिति तथा राजदूत समेत नियुक्ति यसरी नै हुदै अाएका छन् । असफलताकाे सेरिज CV भएका , जीवनभर सरकारी सेवामा विना उत्पादन असफल तर जागिर मात्र खाएर पेन्सन भएका वृद्धहरुलाई मात्र विभिन्न राजनीतिक नियुक्ति तथा संबैधानिक निकायहरुमा नियुक्ती गर्नु पर्ने संबैधानिक तथा कानुनी व्यवस्था गर्नु नै सबैभन्दा ठुलाे नितिगत भ्रष्टाचार थियाे र छ । अत: ३० वर्ष परिपक्व उमेर हाे, ३० बर्ष पूरा भएका स्नातकोत्तर गरेर ५ बर्ष याे समाजमा आफ्नाे जीवन विताएका जाे काेहि सक्षम नागरिकलाई प्रतिस्पर्धामा नियुक्ति गर्ने प्राबधान नभई याे समस्याबाट देशले मुक्ति पाउदैन । तसर्थ त मैले बर्षाैं देखि भन्दै आएकाे छु , नेपालमा नितिगत भ्रष्टाचार सबभन्दा ठुलाे समस्या रहेकाे छ ।
हाम्रा भावि पुस्ताले समेत स्तरीयता नपाउने भए, गरिबिमा बाँच्न वा देशबाट पलायन हुन बाधय हुने भए ।” उनले पटक पटक लेख्दै आएका छन् कि अब संविधान संशाेधन मार्फत संबैधानिक निकायमा वृद्धहरु मात्र नियुक्ति गरिने भनिएकाे प्रावधानलाई हटाएर खुला प्रतिस्पर्धामा मात्र नियुक्तिहरु हुनु पर्छ ।- युवराज बस्ताकोटी- लेखक नेपाली काँग्रेसका वैचारिक युवा नेता तथा शिक्षाविद् हुन् । लेख लेखककाे निजि विचार हाे
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट