भारतको उडिसामा बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय
१६ कार्तिक काठमाडौ । भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो ।
उडिसा भारतको नवौँ बढी प्रभावित राज्य हो । उडिसामा कूल दुई लाख ८८ हजार ६४६ व्यक्ति सङ्क्रमित रहेका छन् भने एक हजार ३०८ जनाको मृत्यु भएको छ । यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्टेम्बर ३० मा जारी गरेको नियन्त्रणका उपायलाई नोभेम्बर ३० सम्मका लागि मान्य हुनेगरी संशोधन गरेको छ ।
शनिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतभर कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या ८१ लाख ३७ हजार ११९ पुगेको । एक लाख २१ हजार ६४१ जनाको मृत्यु भएको जनाएको छ ।-एजेन्सी