फुजेलकी महिला पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ७ २०७७
6.4K
SHARES

७ माघ काठमाडौं । नेपाल  प्रहरीले काठमाडौं महानगरपालिका-६ पवित्रनगरबाट नवजात शिशु फाल्न खोज्ने आमालाई नियन्त्रणमा लिएको छ भने शिशुको उद्धार गरेको छ। महाराजगन्ज प्रहरीले बुधबार राति साढे १२ बजे गोरखा गण्डकी गाउँपालिका-४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियारलाई नियन्त्रणमा लिएको हो।

परियारले महिना पुगेरै जन्मिएकी छोरीलाई झाडीमा फाल्न खोज्दा प्रहरीको टोलीले फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रहरीले जनाएको छ ।

आमा सुनिता र बच्चा दुवैको महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले बताको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।