संविधानमा टाँसी दे, बलात्कारीलाई फाँसी दे- अनेरास्ववियू


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २४ २०७७
17.8K
SHARES

२४ माघ काठमाडौं । आज बलात्कार र बलात्कारपछिको हत्याको विरोधमा सत्तारुढ दलको विद्यार्थी संगठन अनेरास्ववियूले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । अनेरास्ववियूको प्रचण्डमाधव समूहले प्रदर्शन गरेको हो ।

उक्त प्रदर्शनमा ‘संविधानमा टाँसी दे, बलात्कारीलाई फाँसी दे’, ‘पञ्चर्याली बन्द गर’, ‘संसद पुनःस्थापना गर’, ‘महिला हिंसा अन्त्य गर’ लगायत नारा लेखिएका ब्यानर बोकेर सहभागीहरु आएका थिए । उनीहरुले सरकारविरुद्ध केहीबेर नारा पनि लगाएका छन् ।