म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
7K
SHARES

८ फागुन काठमाडौ । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिवल प्रतियोगिताको उपाधी म्याग्दीले हात पारेको छ । पोखरामा जारी प्रतियोगिताको शनिबार सम्पन्न खेलमा म्याग्दीले पर्वतलाई ०-३ सेट प्रहार गर्दै उपाधी हात पारेको हो ।

म्याग्दीले उद्घाटन खेलमा नवलपुर, क्वाटरपाइनलमा स्याङ्जा र सेमिफाइनलमा तनहुँलाई सजिलै पराजित गरेको थियो । राष्ट्रिय भलिबल टोलीकी क्याष्टेन अरुणा शाही, राष्ट्रिय खेलाडी कमला पुन र क्षेत्रीय खेलाडी पवित्रा सिर्पालीको सहित नयाँ खेलाडीलाई मैदानमा उतारेको म्याग्दीले पर्वतलाई एक सेट पनि आफ्नो पक्षमा पार्न दिएन्‌।

महिला भलिबलमा म्याग्दीले गण्डकी प्रदेशमै उत्कृष्ट खेल देखाउन सफल भएको छ । प्रतियोगिताको बिजेता महिला टोलीले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।