पोलिटिकल टर्मोईल बढ्ने नै भयो


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७
8.4K
SHARES

१२ फागुन काठमाडौ ।प्रधानमन्त्री केपि वलिकाे संसद बिघटनकाे निर्णय संबैधानिक नदेखिए पछि सर्वाेच्च अदालतले वदर गरिदिएकाे छ । राजनीति ताप बढ्ने , आपसी खिचातानी टुप्पिने त अबश्य छ । तथापि , प्रधानमन्त्री तथा राष्ट्रपति माथि राजनीतिक नैतिकताकाे प्रश्न पेचिलाे बनिसकेको छ । उहाँहरूको राजनिमाकाे अपेक्षा त गरिएको छ तर सम्भावना धेरै कम छ । कानुनत: एउटै दलका साँसदहरुले अविस्वासकाे प्रस्ताव दर्ता त गर्नेछन् ।

तर , बहुमतकाे विकल्प हुने वा नहुने वल नेपाली काँग्रेसकाे काेर्टमा आउनेछ । नेकपा फुट्ने अवस्थामा काँग्रेस तेस्राे पार्टी बन्न सक्छ यहि संसदकाे बाँकी कार्यकाल । याे नेपाली राजनीतिक इतिहासमा सबैभन्दा दुखद क्षण हुनेछ काँग्रेसका लागि । अत: नेकपाकाे कानुनी एकता र राजनीतिक बिकटताका विच याे संसदकाे कार्याबिधि समाप्त गराउने ध्यान नेपाली काँग्रेसकाे राजनीतिक नेतृत्वको जिम्मेवारी भित्र आएकाे छ । तेस्राे पार्टी बनेर सरकारको नेतृत्व गर्ने अबस्था भन्दा प्रमुख प्रतिपक्ष बनेर , कमजाेर र भ्रष्ट कम्युनिस्ट सरकारकाे भण्डाफाेर गर्दै , चुनावमा जान पाउने अबस्थाले उसकाे तराजुकाे लचकतामा गम्भीर असर पर्नेछ । साे यथार्थ बुझेकाे काँग्रेसले सुझबुझ प्रयाेग नगर्ला भनेर शंका गरिहाल्नु हतार हुनेछ । वलिकाे सरकार हटाएर नेपाल वा दाहालकाे नेतृत्वको सरकार आउदैमा , साथै यहि अबस्थामा देउवाकै नेतृत्वमा समेत सरकार गठन हुदैमा राजनीति सामाजिक तथा आर्थिक विध्वंसकाे अबस्थाबाट उम्कन सक्ने देखिदैन ।

अबकाे दिन राजनीतिक खिचातानीकाे तराजु कहिले दाहिने भारि त कहिले देव्रे भारिले नै बिताउने छ । गम्भीर राजनीतिक द्वन्द्वकाे विकट दुराबस्थाबाट देशलाई बाहिर निकाल्न अनुभवी भनिएकाे नेतृत्व कति सफल हुन्छ , भाेलि बिहानकाे घामकाे प्रतीक्षा गर्नु बाहेक जनतामा बिकल्प नै पाे के छ र !- युवराज बास्ताकोटी