धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
2.7K
SHARES

२३ वैशाख काठमाडौ । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे।

तर, खेलको ६८ औं मिनेटमा परिवर्तित खेलाडी दर्शनले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाएका थिए। डिबक्स भन्दा बाहिरबाट दर्शनले उत्कृष्ट हाफ भली गोल गरेका थिए। खेलमा धनगढीका कप्तान किरण चेम्जोङ प्लेयर अफ दि म्याच चुनिए।

उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास चुनिए। उनले १० हजार प्राप्त गरे। यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ । यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको हो।