आज नेपाली फुटबल टिमले इराकको सामना गर्दै


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
3.7K
SHARES

१५ जेठ काठमाडौ । आज नेपाली राष्ट्रिय फुटबल टिमले आज इराकको समना गर्दैछ ।  फीफा वरीयताको ६८ औं स्थानमा रहेको इराकले नेपाली  १७२ औं स्थानमा रहेको नेपाली टोलीलाई यो विश्वकप क्वालिफायर्सको तयारी खेल हुनेछ।

आज शनिबार साँझ हुन गईरहेको खेल नेपाली समयअनुसार  ७ः३० बजे माअल फैहा स्टेडियममा हुनेछ ।

बुधवार इराक पुगेकको नेपाली टोलीले बस्रा स्टेडियममा अभ्यास गरेको थियो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

आज हुने खेलमा नेपाली फुटबलको इतिहासमै पहिलो पटक नेपाली टोली सेतो जर्सीमा उत्रने छ। यसैगरी नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेल नतिजाका लागी भन्दा पनि अनुभव प्रदर्शन सुधारका लागी हुने बताएका छन् ।