नेपालको लज्जास्पद हार , इराकसंग ६-२ को हार बेहोर्यो
१५ जेठ काठमाडौं ।आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ । नेपालले इराकसंग हारेको हो । खेलको पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो ।
पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो ।
दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो । नेपालभन्दा निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो ।