नेपालको सानदार जित


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
8.6K
SHARES

२० जेठ काठमाडौं ।आज  सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले ताइपेईमाथि सहज जित निकालेको छ ।  राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलको जित निकालेको हो ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

नेपालका लागि दोस्रो गोल बैकल्पीक खेलाडीको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले गरे । उनले खेलको ८१ औं मिनेटमा समन अर्यालले दिएको पासमा गोल गर्दै टिमलाई २–० गोलको जित निकाले ।

जितसँगै नेपालले विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले ६ खेलबाट ६ अंक जोडेको छ । योसँगै नेपालको विश्वकप छनोटमा आफ्नो गणितिय सम्भावना भने कायम राखेको छ ।  यता जित निकाल्दै नेपालले एसिया कपका लागि आफूलाई बलियो बनाउने मौका पाएको छ ।