युरोकप फुटबल : आज तीन खेल, कुन–कुन देशको भिडदै छन


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
8.4K
SHARES

३१ जेठ काठमाडौं। युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन्। आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछन्।आजको पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६ः४५ बजे हुनेछ।

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन्। समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

आज हुने तेस्रो खेलमा स्पेन र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ।युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो। स्पेनले तीन पटक उपाधि जितिसकेको छ।