डेनमार्क नकआउट चरणमा प्रवेश
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ८ २०७८
2.5K
SHARES
८ असार काठमाडौं । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
लगातार दुई खेलमा पराजित भएको डेनमार्कले समूह चरणको अन्तिम खेलमा जित निकालेको हो ।
सोमबार भएको खेलमा डेनमार्कले रुसलाई ४–१ गोलले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट