चेक रिपब्लिकलाई २-१ले हराउदै डेनमार्क सेमिफाइनलमा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
5.9K
SHARES

१९ असार काठमाडौं। युईएफए युरो २०२० फुटबलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ। अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न तेस्रो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २ – १ गोलअन्तरले पराजित गदैं डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो।

डेनमार्कलाई जित दिलाउन थाँमस डेलानीले र कास्पर डोलवर्गले एक एक गोल गरे। चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए।

खेलको पाँचौं मिनेटमा थोमस डेलानीले हेडरमार्फत उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए। लार्सेनले दिएको कर्नर पासमा गोल गर्दै डेलानीले डेनमार्कलाई १ – ० को अग्रता दिलाएका थिए।