अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
10.8K
SHARES

२७ असार एजेन्सी। कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १–० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो।

अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए। अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ।

लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन्। यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए।