इटाली बन्यो युरोकप च्याम्पियन


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
11.4K
SHARES

२८ असार काठमाडौं । इटालीले १६ औँ संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इङ्ल्यान्डलाई हराउँदै इटाली युरोकप च्याम्पियन बनेको हो ।  वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

इटालीले पेनाल्टी सुटआउटमा इङ्ल्यान्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।

इङ्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस रासफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् । इटालीले दोस्रोपटक युरोकपको उपाधि जितेको छ । यसअघि इटालीले सन् १९६८ मा युराेकपकाे उपाधि जितेकाे थियाे ।

खेलमा इङ्ल्यान्डले इटालीमाथि सुरुवाती अग्रता बनाएको थियो । इङ्ल्यान्डका लागि खेलको खेलको दोस्रो मिनेटमा लुक शले इङ्ल्यान्डलाई अग्रता दिलाए ।  खेलको ६७ औँ मिनेटमा इटालीका लागि लेनार्दाे बोनुयुकीले गोल गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए ।