जर्मनीविरुद्ध ब्राजिलको जितमा रिचार्लीसनको ह्याट्रिक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ८ २०७८
4K
SHARES

८ साउन काठमाडौं । ब्राजिलको यू–२३ टिमले जर्मनीको यू–२३ टिमलाई पराजित गरेको छ । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको युवा टोलीले सहज जित निकालेको हो ।

बिहीबार भएको खेलमा ब्राजिलले १० खेलाडीमा सीमित जर्मनीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे । यस्तै पाउलिन्होले एक गोल गरे । यता जर्मनीका नाडीम अमिरी र राग्नर एगले एक एक गोल फर्काए ।

पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको ब्राजिलको दोस्रो हाफमा एक गोल थपेको हो । उता जर्मनीले दोस्रो हाफमा दुई गोल गरेको हो ।

जितसँगै समूह ‘डी’ को ब्राजिलले पहिलो खेलमा ३ अंक जोडेको छ । जर्मनीले भने हारबाट ओलम्पिकमा सुरुवात गरेको छ ।