टोकियो ओलम्पिक : आज कुन-कुन खेलका कति पदकमा हुँदैछ भिडन्त ?


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १७ २०७८
4.2K
SHARES

१७ साउन एजेन्सी। टोकियो ओलम्पिकको नवौं दिन आइतबार ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भइरहेको छ। आइतबार पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार/चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ।

टोकियो ओलम्पिकको नवौं दिन आजसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको जापानको १७ स्वर्ण पदक छ भने १६ स्वर्ण पदकका साथ अमेरिका तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानको रुसी ओलम्पिक कमिटिले ११ स्वर्ण पदक जित्दा १० वटा स्वर्ण पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा छ। टोकियोमा अहिलेसम्म कुल ४९ देशले स्वर्ण पदक जित्दा ७६ देशले पदक तालिकामा नाम लेखाएका छन्।