गजमेरले जिते भ्वाइस अफ नेपाल–३ को उपाधि


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
9.2K
SHARES

२३ साउन काठमाडौ । आज भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिवार मध्यराति गजमेरलाई विजेता घोषणा गरिएको हो । जनताले दिएको मतको आधारमा विजेता भएका हुन् । भ्वाइस अफ नेपाल–३ को ग्राण्ड फाइनलमा उपाधि विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको छ ।

उपाधि विजेताले २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । यो प्रतियोगितामा दीप श्रेष्ठको टीमबाट प्रतिनिधित्व गर्दै आर्यन तामाङ, राजु लामाको टीमबाट प्रतिनिधित्व गर्दै तारा श्रीसमगर, प्रमोद खरेलको टीमबाट प्रतिनिधित्व गर्दै किरण गजमेर र तृष्णा गुरुङको टीमबाट प्रतिनिधित्व गर्दै ज्वाला राई फाइनलमा पुगेका थिए ।

फाइनालिष्टको उपाधि ज्वाला राई, आर्यान तामाङ र तारा श्रीसमगर पाएका छन् ।