तालिबानले कामचलाउ सरकार गठन गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
4.5K
SHARES

११ भदौ काबुल । अहिले तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको करिब दुई सातापछि समावेशी कामचलाउ सरकार गठन गर्ने बताएको छ ।

पश्चिमा देशहरूको समर्थनमा रहेको सरकारलाई आश्चर्यजनक तारिकाले हटाइदिएको तालिबानले सबै जातजाति एवम् आदिवासी पृष्ठभूमिका नेताहरूलाई समावेश गरी सरकार गठन गर्ने बताएको अलजजिराले जनाएको छ । यसका लागि नेताहरू काबुलमा भेला हुँदैछन् । कामचलाउ सरकारको अवधि कति हुने भन्ने बारेमा भने अझै प्रष्ट छैन ।

अफगानिस्तानको जातीय विविधता देशको राजनीति र द्वन्द्वको कारण बन्दै आएको छ । झण्डै चार करोड जनसंख्या रहेको अफगानिस्तानमा कुनै पनि जातिकाे निर्णायक बहुमत छैन ।

पस्तुनहरू अफगानिस्तानको सबैभन्दा ठुलो जातीय समूह हो, जसको संख्या कुल जनसंख्याको ४२ प्रतिशत रहेको छ । तजिक जातिको संख्या २७ प्रतिशत छ भने अन्य जातिहरूको संख्या १० प्रतिशतभन्दा कम रहेको छ । तालिबान सरकारले महिलाकोबारेमा कस्तो नीति अबलम्बन गर्छ भन्ने विषयमा विश्वको ध्यान केन्द्रित छ ।