नेपाल र भारतबीच १-१ को बराबरी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र १७ २०७८
3.5K
SHARES
१७ भदौ काठमाडौं ।आज मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
नेपालले ३५ औं मिनेटमा अग्रता लिए पनि जोगाउन नसक्दा भारतमाथि जित हासिल गर्ने अवसर गुमायो ।
३५ औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए । तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट