भारतसँग नेपाल पराजीत
२० भदौ काठमाडौ । आज भारत बिरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेल अनपेक्षित रुपमा पराजय व्यहोरेको छ । जीत्ने रणनीति सहित मैदानमा उत्रिएको नेपाल डिफेन्स लाईनको कमजोरीका कारण दुई एक गोल अन्तरले पराजीत हुन बाध्य भयो ।
पहिलो हाफ् गोल रहित बराबरीमा रोकिए पनि दोस्रो हाफ्को ६१ औँ मिनेटमा नेपाल एक गोलले पछि परेको थियो । ६१ औँ मिनेटमा डिफेन्स लाईनको कमजोरीका कारण नेपालले गोल खान पुग्यो । दोस्रो गोल ८० मिनेटपछि व्यहोरेको नेपालले ८७ औँ मिनेटमा तेज तामागंको आकर्षक गोलमा खेलमा फर्कने प्रयास गरेको थियो । तर पनि बराबरी गोल फर्काउन सकेन ।
यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका हुन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।
यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल अब साफ्को तयारीका लागि कतार जाने छ । त्याहाँ केही प्रशिक्षण पछि टोली सोझै माल्दिभ्स जाने छ ।