बंगलादेशमाथि नेपालको जित


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २४ २०७८
8.2K
SHARES

२४ भदौ काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सबिता राना र  प्रिती राईले डेब्यू गोल गरिन् । पहिलो हाफमा नेपालले बंगलादेशमाथि २-० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा नेपालले गोल खायो । नेपालका लागि सबिता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सबिताले खेलको १४औँ मिनेटमा बिमलाको क्रसमा गोल गरेकी थिइन् । त्यस्तै खेलको २२औँ मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन् ।

८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल गरेपनि हार टार्न सकेन ।  आजको मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरिन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो ।  दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।