आजबाट ईपिएल शुरु हुँदै
९ असोज काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टिम सहभागी हुने छन् ।
यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विदेशी क्रिकेटर सहभागि हुँदैछन् । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदीले काठमाडौं किङ्स–११ बाट ईपीएल खेल्नेछन् । काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।
यसैबीच ईपीएलका लागि बंगलादेशी ब्याट्सम्यान तमिम इकबाल नेपाल आएका छन् । भैरहवा ग्ल्याडियटर्समा आबद्ध ३२ वर्षीय इकबाल भरपर्दा ब्याटस् म्यान हुन् ।