आईसीसी टी–२० विश्वकप क्रिकेटः अष्ट्रेलिया फाइनलमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २६ २०७८
9.1K
SHARES

२६ कात्तिक एजेन्सी । म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुई खेलाडीले ८१ रनको साझेदारी गर्दै जित दिलाएको थिए । अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए ।

यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल सर्बाधिक ६७ र फकर जमानले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । विजेता अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।